
गृहमन्त्री खाँणले कुनै पनि विदेशी सेनाले टुँडिखेलमा आएर परेड खेल्छ भनेर नसोच्न समेत आग्रह गरे । ‘एसपीपीमा नेपाल संलग्न छैन, संलग्न हुने सोच पनि छैन । यो कुरामा सरकारकोतर्फबाट म प्रतिवद्धता जनाउछु,’ मन्त्री खाँणले भने । एसपीपीबारे धेरैले प्रश्न उठाएपछि मन्त्री खाँणले सरकारले सैन्य गठबन्धन प्रकृतिको त्यस्तो कुनै सम्झौना नगर्ने प्रष्ट भइसकेपछि त्यसबारे छलफल गर्नु समेत बेकार हुने दाबी गरे ।