काठमाडौं । सुनसरी लगायतका क्षेत्रमा हालै भएको आपसी द्वन्द्व र विवादप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले दु:ख व्यक्त गर्दै सबै नेपालीलाई संयम रहन र आपसी सद्भाव कायम राख्न आग्रह गरेका छन् । निर्मल निवासस्थित संवाद सचिवालय मार्फत जारी गरिएको सद्भाव सन्देशमा सुनसरीमा भएको आपसी द्वन्द्वका कारण जनधनको क्षति भएको र त्यसको असर कोशी क्षेत्र तथा तराईका विभिन्न भागमा फैलिन गएकोमा उनले चिन्ता व्यक्त गरेका हुन् ।
ADVERTISEMENT

