काठमाडौँ । भारत र चीनबिच लिपुलेक हुँदै सीमा व्यापार पुनः खुल्ला गर्ने सहमति गरेको छ । चिनियाँ विदेश मन्त्री वाङ यीको भारत दुई दिने भारत भ्रमणका क्रममा यो सहमति भएको हो ।गत अगस्त १८ मा भारतका विदेश मन्त्री एस जयशंकार बिच छलफल हुँदा सीमा व्यापारको विषयमा सहमति भएको थियो ।
लिपुलेकसँगै सिप्की ला र नाथु लाबाट सीमा व्यापार खुल्ला गरिने सहमति भएको भारतीय विदेश मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ यसअघि गत पुसमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभाल चीन भ्रमणमा गएको बेला कोभिडदेखि बन्द रहेको कैलाश मनोसरोवार यात्रा पुनः सुरुवात गर्ने सहमति भएको थियो ।भारत र चीनले यसअघि पनि सो भूभागमा दुई देश लक्षित व्यापारिक सडक बनाउने सहमति गरेको थियो । २०७२ जेठमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी चीन भ्रमणमा गएको गएको बेला चीनसँग लिपुलेकलाई व्यापारिक तथा दुई देशको तीर्थयात्री आवतजावत गर्ने केन्द्र बनाउने सहमति गरेका थिए ।
त्यसमा नेपालले विरोध जनाएको थियो । तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले परराष्ट्र मन्त्रालयमार्फत नेपालमा रहेको भारत र चीनका दुवै राजदूतलाई ‘प्रोस्टेट नोट’ पठाएका थिए ।त्यसपछि, भारतले २०७६ कात्तिकमा जारी गरेको आफ्नो नयाँ नक्सामा लिपुलेक र कालापानीलाई समावेश गरेको थियो । भारतले २०७७ वैशाखमा दार्चुलाको व्यास गाउँपालिका–१ को गुन्जीदेखि लिपुलेकसम्म सडक बनाएर त्यसको उद्घाटन गरेको थियो ।यसको प्रतिक्रिया स्वरूप नेपालले पनि आफ्नो नक्सा संशोधन गरी लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समावेश गर्दै संसद्को पूर्ण बहुमतबाट त्यसलाई पास गरेको थियो । २०७७ जेठमा नेपाल सरकारले नयाँ नक्सा औपचारिक रूपमा जारी गरेको थियो ।तर, भारत र चीन दुवैले नेपालको नक्सालाई मान्यता दिएको छैन । चीनले २०८० भदौमा जारी गरेको ‘२०२३ को स्ट्याण्डर्ड म्याप’ मा नेपालको पुरानै नक्सा राखेको थियो । नेपालले यसबारे भने कुनै प्रतिक्रिया जनाएको थिएन ।
ADVERTISEMENT

