भक्तपुर। नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गाउँगाउँबाट प्रतिनिधित्व गर्दै प्रतिनिधिसभाका माननीय सदस्यहरुले काठमाडौंमा घर बनाएर गाउँ-गाउँलाई सिंहदरबार ल्याइदिएको बताएका छन्।भक्तपर नगरपालिकाको १६औ नगरसभाको शुक्रबार भक्तपुरमा उदघाटन गर्दै उनले भने यस्तो बताएका हुन् ।
उनले निर्वाचनको बेला आफ्नो निर्वाचन क्षेत्रलाई स्वर्ग बनाइदिन्छु भनेर झुटो आवश्वासन दिने तर निर्वाचन जितेर आएदेखि काठमाडौंको घरमा बस्न आउनु विडम्वनापूर्ण रहेको बताए ।उहाँहरू (माननीय) चुनावका बेला आफ्नो निर्वाचन क्षेत्रलाई स्वर्ग बनाइदिन्छु भनेर जनतालाई झुटो आवश्वासन दिनुहुन्छ। तर जब चुनाव जित्नुहुन्छ अनि काठमाडौंको घरमा आएर बस्नुहुन्छ फर्केर जानु हुन्न।यो जस्तो बिडम्बना अरू के होला ?’ उनले भने ।उनले निर्वाचित क्षेत्रमै सांसदहरूलाई बस्नुपर्ने बाध्यता र काठमाडौंमा घर बनाउन नपाउने गरी नियम बनाउनु पर्ने बताए ।
ADVERTISEMENT

