काठमाडौं १९ असार। लामो समयदेखि पत्रकारितामा क्रियाशील वीरेन्द्र केएमले सुनसरी क्षेत्र २ बाट संसदीय चुनाव लड्ने भएका छन् । सुनसरीस्थित देवानगन्ज १, मध्यहर्षाहीका उनी पछिल्लो ३/४ वर्षदेखि संसदीय चुनावको तयारी गरिरहेका छन् । विभिन्न परियोजनामार्फत पत्रकार केएम यस क्षेत्रमा क्रियाशील छन् ।
देवानगन्जदेखि इटहरीसम्म विभिन्न पालिकाका ३० वटा वडाका लगभग एक लाख मतदाता रहेको उक्त क्षेत्रको प्रदेशसभामा १८ वटा वडा र लगभग ५० हजार मतदाता छन् । यस क्षेत्रबाट संघीय संसदमा नेपाली कांग्रेसका सीताराम मेहता, प्रदेश (क) मा नेकपा एमालेमा सर्वध्वज सावाँ लिम्बू प्रदेश (ख) मा कांग्रेसका राजीव कोइराला निर्वाचित भएका थिए ।
देवानगन्ज, इनरुवा र रामधुननी/इटहरी यस क्षेत्रको मूल राजनीतिक केन्द्रहरु हुन् । देवानगन्ज गउँपालिकाको सातवटै वडा, हरिनगरको एउटा वडा गौतमपुर, इनरुवाको ६ वटा वडा, रामधुनीको ६ वटावडा र इटहरीको १० वटा वडा सुनसरी २ को संघीय क्षेत्रमा पर्दछ । जातीय रूपमा यस क्षेत्रमा मेहता र केही थारु तथा पहाडी समुदायको बसोबास छ ।
दक्षिणी क्षेत्रको जोड्दार कुरा उठाउने गरेका केएमले दक्षिणीभेगको मूल समस्यालाई समाधान गराउन क्रियाशील छन् । देवानगन्जमा केएमको प्रत्यक्ष पहलमा दुईथान एम्बुलेन्स एकथान दमकल पुर्याएका छन् ।
सिभिल मिडिया एन्ड रिसर्च सेन्टरका अध्यक्षसमेत रहेका केएम दुई दशकदेखि पत्रकारितामा क्रियाशील छन् । पछिल्लो समय पालिका केन्द्रित विभिन्न कार्यक्रमसहित स्थानीय पाठ्यक्रम तथा पाठ्यसामग्री विज्ञका रूपमा क्रियाशील केएम काठमाडौं केन्द्रित विभिन्न राष्ट्रिय मिडियाहरुसहित पछिल्लो १५ वर्षदेखि नेपाल संवाददाताका रूपमा भारतीय मिडियामा पनि क्रियाशील छन् ।
नेपाल मामिलामा विभिन्न भारतीय मिडियाहरुमा नेपालको पक्षबाट कडा जवाफ दिँदै आएका केएमले आफूलाई राष्ट्रवादी, स्वाधीनतावादी पत्रकार/एक्सपर्टका रूपमा स्थापित गरेका छन् । उनी एबीपी न्युज इन्डियाको नेपाल संवाददाता र नागरिक टाइम्सका सम्पादकसमेत हुन् ।
ADVERTISEMENT