काठमाडौं । सरकारले अहिलेसम्म भएका हवाई दुर्घटनामा बनेका जाँच आयोगका प्रतिवेदनले उठाएका सवालबारे अध्ययन गर्न उच्चस्तरीय समिति बनाउने भएको छ ।सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा दिवंगत भएकाहरूको सम्झनामा आइतबार राजधानीमा आयोजित अन्तरक्रियामा पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले यस्तो जानकारी गराएका हुन् ।
मन्त्री पाण्डेले हवाई क्षेत्रलाई सुरक्षित बनाउन नियामक निकाय र सेवा प्रदायक निकायलाई छुट्याउने गरी ल्याएको विधेयक अर्थ, कानुन हुँदै मन्त्रालय पुगेको जानकारी दिए । उनले यो विधेयक मन्त्रिपरिषद् मार्फत संसदमा पेस गरिने बताए ।उनले दुर्घटनाका पीडितले पाउनु पर्ने बीमाका विषयमा बीमा सम्बन्धि ऐन निर्माण गर्नु पर्ने र पछिल्लो सन्धिहरूको मस्यौदाको क्रममा रहेको बताए । हवाई ऐनलाई समेत समय सापेक्ष हुने गरि परिमार्जन गरिने बताए ।
ADVERTISEMENT

