वीरगंज - वीरगंज महानगरपालिका मेयर राजेशमान सिंहले अभिभावकहरुले आफ्ना नानीबाबुहरुकाे शिक्षामा ध्यान दिनु पर्ने कुुरामा जाेड दिनु भएको छ । वीरगंजकाे राधेमाई स्थित साउथजाेन माविकाे १६ औं स्थापना दिवसको अवसरमा आयाेजित कार्यक्रमलाई सम्बाेधन गर्दै मेयर सिंहले यस्तो बताउनु भएकाे हाे ।
बिधार्थी तथा अभिभावकहरु सहभागी रहेकाे कार्यक्रमलाई सम्बाेधन गर्दै मेयर सिंहले बालबालिका देशका कर्णधार भएकाेले उनीहरुकाे शिक्षालाई अभिभावहरुले प्राथमिकतामा राख्नु पर्ने बताए । बिलडिङ बलियाे बजाउन जसरी जग बलियो बनाईन्छ,त्यसैगरी सानै उमेर बालवालिकाकाे शिक्षामा ध्यान दिए भाली गएर उनीहरु जेहन्दार बिधार्थी बन्ने मेयर सिंहले बताए ।
स्कुलका प्रन्सिपल सराेज चाैधरीकाे अध्यक्षतामा सम्पन्न भएकाे कार्यक्रममा वीरगंजका गनमान्य व्यक्तत्वहरुकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रमकाे सहजिकरण स्कुल सहायक प्रन्सिपल अशाेक सग्रौलाले गरेका थिए । राधेमाई स्थित शाह दरबार पार्टी प्यालेसमा आयाेजना भएकाे कार्यक्रममा स्कुल बिधार्थीहरुले मनमाेहक गित तथा नृत्यहरु समेत प्रस्तुत गरेका थिए । सता व्यापी कार्यक्रम अन्तरगत साउथजाेन माविले आईतवार अन्तिम कार्यक्रम आयाेजना गर्ने जनाएकाे छ ।
ADVERTISEMENT