हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेश सभाको बजेट अधिवेशन ३१ वैशाखमा आह्वान गर्न सिफारिस गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन बोलाउनका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।
ADVERTISEMENT

