नेपालगञ्ज : बाँके प्रहरीले पचास ग्राम ब्राउन सुगरसहित भारतकाे रुपैडीहाबाट नेपालगञ्ज आउदै गरेका दाङ्ग घाेराही -११का २५ वर्षिय युवालाई नियन्त्रणमा लिएर अनुसंन्धान सुरुगरेको छ।जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीले दिएकाे जानकारी अनुसार ईप्रका जमुनाह र लागुओैषध नियन्त्रण ब्युराे नेपालगञ्जकाे संयुक्त टाेलीले दाङका सञ्जय नेपालीलाई नियन्त्रणमा लिन सफल भएकाे हाे ।नेपालीले जुत्तामा लुकाएर ल्याएकाे अवस्थामा प्रहरीले शंका लागि खान तलास गर्दा ५० ग्राम ब्राउन सुगर जस्तो धुलाे पदार्थ बरामद गरि अनुसन्धान सुरु गरेको डिएसपी डाँगीले बताए ।