विराटनगर । अविरल वर्षासँगै कोशी प्रदेशमा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ । ९ जना बेपत्ता भएका छन् ।कोशी प्रदेश प्रहरी प्रहरी कार्यालयका प्रवक्ता एसएसपी भीम दाहालका अनुसार पाँचथरमा ४ र धनकुटामा १ जनाको मृत्यु भएको छ । पाँचथरमा पहिरोमा परी चार जना बेपत्ता भएका छन् । खोलाले बगाउँदा झापा, मोरङ र इलाममा पाँच जना बेपत्ता भएका छन् ।
बाढीले बगाउँदा झापामा तीनजना बेपत्ता भएका छन् । शुक्रबार साँझ कचनकवल गाउँपालिका–१ का पञ्चु राजवंशीकी १४ वर्षीया छोरी नेहारिका जमुवा खोलामा बेपत्ता भएकी छन् ।खोला तर्ने क्रममा उनी बेपत्ता भएकी हुन् । कमल गाउँपालिका–१ स्थित किस्ने खोलामा माछा मार्ने क्रममा सोही ठाउँका ३५ वर्षीय टीकाराम चौधरी बेपत्ता भएका छन् ।
गौरीगञ्ज गाउँपालिका–३ र २ को सिमानामा रहेको हुलाकी सडकमा पर्ने किस्ने खोलाको पुलबाट गौरीगञ्ज–२ का ५० वर्षीय केमालाल ताजपुरिया बेपत्ता भएका छन् । उनीहरुको खोजी जारी छ ।शुक्रबार दिउँसो इलामको माइ नगरपालिका ८ स्थित सेते खोला तर्ने क्रममा स्थानीय ६८ वर्षीय मैतबहादुर लिम्बू बेपत्ता भएका छन् । त्यस्तै मोरङको रतुवामाइ नगरपालिका ७ बस्दै आएका ७२ वर्षीया डुरोदेवी राजवंशी रतुवाखोला तर्ने क्रममा बेपत्ता भएकी छन् ।
ADVERTISEMENT

