काठमाडौं । सर्वोच्च अदालतको आदेशसँगै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई छाड्ने तयारी गरेको छ । सीआईबी प्रवक्ता होविन्द्र बोगटीका अनुसार प्रसाईंको मेडिकल जाँच गराएर छाड्ने तयारी भएको छ ।सर्वोच्चको आदेशपछि मेडिकल जाँच गराएर हाजिरी जमानीमा छाड्न लागेका छौं । अब हिरासत बाहिरै राखेर अनुसन्धान गर्छौं’, उनले भने ।
ADVERTISEMENT

