काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ राजनीतिक दलका नेताहरूलाई गलत नगर्न र सही बाटोमा हिँड्न सुझाव दिएका छन् । बुधवार काठमाडौँमा युवा संघको स्वयं सेवक भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले नयाँ राजनीतिक दलहरू सिक्दै अघि बढिरहेको पनि बताए ।उनले नेकपा माओवादी केन्द्र प्रति लक्षित गर्दै हतियार उठाएर थाकेका, क्रान्ति गर्छु भनेर उपद्रो मच्चाएका थकित तत्त्वहरूको संज्ञा दिँदै नयाँ राजनीतिक दलहरूलाई त्यस्ताको पछि नलाग्न आग्रह गरे ।
उनले नयाँ राजनीतिक दलहरू सामन्तवादी प्रणाली पुनः स्थापित गर्नेहरूको पक्षपोषणमा लागेको आरोप समेत लगाए । प्रधानमन्त्री ओलीले आफूहरू धैर्यतापूर्वक अघि बढ्ने र देश, विकासको गति, समयको गतिलाई अघि बढ्नबाट कसैले रोक्न खोजे त्यो कुरा सह्य नहुने चेतावनी दिए ।
ADVERTISEMENT

