काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका विभागहरूका सिफारिस अनुसार काम अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।मंगलबार सानेपास्थित कांग्रेस पार्टी कार्यालयमा पार्टीको विपन्न उत्थान समन्वय विभागले तयार पारेको विपन्न वर्गको पहिचान, उत्थान र विकास गर्न गराउन नीतिगत तथा कार्यक्रम सहितको प्रतिवेदन बुझ्दै सभापति देउवाले विभागहरूको सक्रियताको प्रसंशा गरे ।
ADVERTISEMENT

