काठमाडौं । कञ्चनपुरका आरक्ष पीडितले पुनर्स्थापनाको माग गर्दै काठमाडौंमा भोक हड्ताल थालेका छन् ।शुक्लाफाँटा आरक्ष पीडित केन्द्रीय संघर्ष समितिको आयोजनामा पीडितका अगुवाहरूले मंगलबार देखि काठमाडौंको सिफलमा भोक हड्ताल सुरु गरेका हुन् ।२०५८ सालमा कञ्चनपुरका विभिन्न स्थानबाट विस्थापित पीडितहरूले २४ वर्ष बित्दा पनि पुनर्स्थापना नभएको र राज्यले आश्वासन दिएर अल्झाउने काम गरेको भन्दै हड्ताल सुरु गरेका हुन् ।
पीडितहरूले खोसिएको सम्पत्ति फिर्ता गर्नुपर्ने, पीडितको पुनर्स्थापना गर्नुपर्ने, ३४औं आयोगले दिएको प्रतिवेदनको अनुसूची (ठ) लागु गर्नुपर्ने, दिवान सिंह विष्टको पालामा विद्यानाथ अधिकारीले तोक लगाएको प्रतिवेदन पास गर्नुपर्ने, सुरेन्द्र बम आयोगको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् ।
‘२०५८ सालमा विस्थापित भएका हामीहरू आश्वासनको भरमा यहाँसम्म पुग्यौं । सरकारले यसो गर्छौं भन्यो । तर गर्ने बेला सरकार भेटिएन । यो (भोक हड्ताल) गर्दा कतै सरकार भेटाउँछ कि भन्ने आशाले बसेको हो,’ उनले भने ।१० कठ्ठा जग्गा र २४ वर्षको क्षतिपूर्तिको आफूहरूको मुख्य माग भएको अध्यक्ष चन्दले बताए । आफूहरू एक महिनादेखि काठमाडौं आएर नेताका घर धाउँदा धाउँदा सुनुवाइ नभएपछि भोक हड्तालमा बस्न बाध्य भएको उनको भनाइ छ ।