काठमाडौं १२ असार। प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा आयोजना गरिने विज्ञान तथा प्रविधि सम्मेलनले राष्ट्र विकासमा रचनात्मक भूमिका निर्वाह गर्ने बताएका छन् । उनले मुलुकमा विज्ञान र प्रविधिको विकास र विस्तारसम्बन्धी यस्ता गतिविधिले देशको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विचार राखे ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) द्वारा आयोजना गरिएको तीनदिने ‘नवौँ राष्ट्रिय विज्ञान तथा प्रविधि सम्मेलन’ को आइतबार ललितपुरमा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले समाज परिवर्तनका लागि विज्ञान तथा प्रविधि क्षेत्रको महत्वपूर्ण भूमिका रहेको धारणा व्यक्त गरेका हुन् । उनले भने, “यस्ता कार्यक्रमबाट स्वदेशमा मात्रै नभएर विदेशमा रहेका विज्ञसँग सहकार्यका साथै सुझाव लिन पनि सहयोग पुग्नेछ ।”
ADVERTISEMENT

