काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण सेवाहरू स्थगित गरेको छ । आइतबार अदालत प्रशासन शाखाले एक विज्ञप्ति जारी गर्दै जेएनजी आन्दोलनका क्रममा भएको आगजनीका कारण अदालत पूर्णरुपमा जलेको बताउँदै सम्पूर्ण सेवा स्थगित गरिएको जानकारी दिएको हो ।यसबाट सरोकारवाला तथा सेवाग्राहीहरूमा पर्न गएको असुविधाका लागि अदालतले दुःख व्यक्त गरेको छ ।

