पर्सा । जनता समाजवादी पार्टीका उपमहासचिव एवं पूर्वमन्त्री प्रदीप यादवले तोकिएको समयमै अर्थात आगामी फागुन २१ गते सरकारले निर्वाचन गराउनु पर्ने बताएका छन् ।बुधबार जसपा जिल्ला समिति पर्साले आयोजना गरेको अगुवा कार्यकर्ता भेला कार्यक्रममा बोल्दै यादवले सरकारले तोकिएको समयमै निर्वाचन गराउनु पर्ने तथा राष्ट्र निर्माणमा जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन् ।
सरकारले आगामी फागुन २१ गते निर्वाचन गराउनु पर्छ । निर्वाचनमा भाग लिन हामी तयार छौँ । अन्य पार्टीलाई पनि चुनावमा सहभागी गराउनु पर्छ’, यादवको भनाइ छ ।उनले वर्तमान सरकारले समयमै निर्वाचन गराउन सकेन भने देश अझै दुर्घटनामा जान सक्ने भन्दै दुर्घटना रोक्नलाई भएपनि देशमा निर्वाचन हुनु पर्ने बताए ।
ADVERTISEMENT

