काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भएका चार जना पत्रकारलाई सरकारले नगद सम्मान सहित सम्मान गरेको छ ।शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजना गरेको एक कार्यक्रमकाबिच मन्त्री जगदीश खरेलले पत्रकारहरूलाई नगद तथा सम्मानपत्र प्रदान गरेका हुन् । आन्दोलनका क्रममा घाइते भएका पत्रकार शम्भु दंगाललाई १ लाख, पत्रकार श्याम श्रेष्ठ, दीपेन्द्र ढुङ्गाना र उमेश कार्कीलाई जनही २५ हजार नगदसहित सम्मान गरेको हो ।
ADVERTISEMENT

