काठमाडौं । चितवन २ मा रास्वपाका सभापति रवि लामिछानेले १२ हजार बढीले मतान्तर बनाएका छन् । दिउँसो ४ बजेसम्मको मत परिणामअनुसार उनले अहिलेसम्म १७ हजार ४१२ मत ल्याएका छन् । उनी पछि दोस्रो स्थानका लागि नेकपा एमाले र कांग्रेसबिच कडा प्रतिस्पर्धा देखिएको छ ।
एमालेका उम्मेदवार अस्मिन घिमिरे र कांग्रेसकी मीना कुमारी खरेलले क्रमश: ५०३७ र ५०१३ मत ल्याएर पछ्याइरहेका छन् । उनीहरूलाई नेपाली कम्युनिस्ट पार्टीका प्रताप गुरुङले २ हजार ४८६ ल्याएर पछ्याइरहेका छन् ।
ADVERTISEMENT

