\काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गैरआवासीय नेपाली (एनआरएन) र नेपलाी मूलका विदेशी नागरिकका लागि छुट्टै डेस्क राख्ने निर्णय भएको छ । नेपाली भाषा, संस्कृति र नेपाली माटोप्रतिको आत्मीयतालाई प्रगाढ बनाउन भन्दै विमानस्थल अध्यागमनको आगमन र प्रस्थान कक्षमा छुट्टै डेस्कको व्यवस्थापन गर्ने निर्णय भएको हो । अध्यागमन विभागले त्यसका लागि व्यवस्थापन गर्न भन्दै आइतबार विमानस्थल अध्यागमन कार्यालयलाई पत्राचार गरेको छ ।यो निर्णयले एनआरएन र नेपाली मूलका विदेशी नागरिकलाई नेपालमा पर्यटन र लगानी प्रवर्द्धन गर्न प्रोत्साहित गर्ने अपेक्षासमेत राखिएको छ ।
एशोसिएसन अफ नेपाली ओरिजिन ( एएनओ) ले अध्यागमनमा यस्तो व्यवस्था गर्नका लागि माग गर्दै आएको थियो । एएनओले पछिल्लो सरकारी व्यवस्थाको स्वागत गर्दै भनेको छ, 'सरकारी निर्णयले विश्वभरका नेपाली मूलका नागरिकहरुले सम्मानित भएको महसुस गरेका छन् ।'
ADVERTISEMENT

