काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई पदीय जिम्मेवारी बहन नगरेको भन्दै तीन दिनको म्याद दिएर ११ बुँदे स्पष्टीकरण सोधेका छन् ।४ असोजमा स्वास्थ्य मन्त्रालयले बसौलालाई मन्त्रीस्तरीय निर्णय भन्दै तीन दिनभित्र स्पष्टीकरण पेश गर्न आग्रह गरेको हो ।
बसौलाले स्वास्थ्य बीमा ऐन २०७४ को दफा २४ अनुसार काम, कर्तव्य र अधिकारहरु जिम्मेवारीका साथ सम्पादन नगरेको आरोप मन्त्रालयको आरोप छ ।स्वास्थ्यमन्त्री बस्नेतको सचिवालयका अनुसार बसौलालाई स्वास्थ्य बीमाद्वारा पूर्वभुक्तानीको माध्यमबाट बिमितको आर्थिक जोखिम न्यूनीकरण गरी जीवन रक्षा गर्नुपर्ने जस्तो अतिसंवेदनशील विषयमा गैरजिम्मेवारीपूर्वक प्रत्यक्ष रुपमा संलग्न भएको पाइएकाले तपाईंलाई स्वास्थ्य बीमा ऐन, २०७४ को दफा २५ को उपदफा (२) बमोजिम पदबाट किन नहटाउने ? भनी स्पष्टीकरण माग गरिएको छ ।उनलाई हटाउनुपर्ने कुनै कारण नभए तीन दिन भित्र सफाइ पेस गर्न आग्रह गरिएको छ ।
बिमितको उपचार वापतको रकम बसौलाले मिलेमतोमा सीमित अस्पताल र कलेजहरुलाई मात्र दोहोर्याएर दिएको तर केही अस्पतालहरुको वर्षौंदेखिको सोधभर्ना भुक्तानी नगरेको गुनासो बारम्बार आएको पनि मन्त्रालयले जनाएको छ ।देशभरि नै स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्नुपर्नेमा ११ वटा जिल्लामा अझै सञ्चालन गर्न नसकेको, बोर्डका नायव सुब्बा प्रकाशमान केसीले बरबुझारथ नगरेको, बिमितको रकम हिनामिना गरेको र समयमै लेखा परीक्षण गराई श्रेस्ता दुरुस्त नराखेको पनि मन्त्रालयले आरोप लगाएको छ ।
सन् २०२३ को जुन १३ देखि १५ सम्म जर्मनीको बर्लिनमा भएको ग्लोबल फोरम अन अडप्सन सोसल प्रोटेक्सन इन बर्लिन कार्यक्रममा मन्त्रालयको स्वीकृति बेगर भाग लिएको, आफू मातहतका कर्मचारीलाई विभेदपूर्ण व्यवहार गरेको र बीमा बोर्डको आन्तरिक सुशासन कमजोर बनाई प्रशासनिक र आर्थिक व्यवस्थापन पक्ष चुस्तदुरुस्त नराखेको आरोप पनि उनीमाथि छ ।बोर्डका कार्यकारी निर्देशक डा. बसौलाले मन्त्रालयबाट स्पष्टीकरण सोधिएको बताए ।‘स्वास्थ्य मन्त्रालयबाट गत बिहिबार केही बुँदागत स्पष्टीकरण आएको छ ।
ADVERTISEMENT

