काठमाडौँ । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौँ उपत्यकाका बागमती, विष्णुमती लगायतका नदीमा पानीको प्रवाह वृद्धि गर्नेबारे विज्ञहरूसँग छलफल गरेका छन् मन्त्रालयमा विज्ञहरूसँग छलफल गर्दै उनले बागमती, विष्णुमतीलगायतका नदीमा सफा पानी बगाउन अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाका बारेमा राय लिएका हुन् । उपत्यकाका नदीलाई पुनर्जीवन दिने काठमाडौँ उपत्यकालाई स्वच्छ र सफा राख्ने, फोहरमैला व्यवस्थापन गर्ने विषयमा चासो राख्दै उपप्रधान मन्त्री सिंहले समाधानका उपायबारे छलफल गरेका हुन् ।
नदीमा पानी नबग्दा एकदम दुर्गन्ध फैलिरहेको छ । पानी बगाइरहँदा केही कम हुन्छ की भनेर केही स्थानमा बोरिङ गरेर भए पनि नदीमा पानीको प्रवाह बढाउँदा राम्रो हुन्छ की भनेर सोचिरहेका छौँ”, उपप्रधानमन्त्री सिंहले भने, “यसमा विज्ञहरूको राम्रा सुझाव आएका छन् ।
आगामी दिनमा पनि विज्ञहरूसँग बसेर अरू के–के गर्न सकिन्छ छलफल गरौँला ।मन्त्रालयका सचिव मणिराम गेलालले तत्काल पानीको प्रवाह वृद्धि गर्न सुन्दरीजलदेखि टेकुसम्म केही स्थानमा बोरिङ गरेर पानी बगाउने, शङ्खमूलदेखि कुपन्डोलसम्म पानी जमाएर ‘बोटिङ’ सञ्चालन गर्नेलगायतका विषयमा विज्ञहरूसँग राय लिइएको बताए ।

