नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार प्रशान्त विष्टले दोब्बर बढी मत ल्याएर अग्रता कायमै राखेका छन् । पछिल्लो मत गणना परिणाम अनुसार नगर प्रमुख पदका उम्मेदवार विष्टले ५३२६ मत प्राप्त गरेका छन् ।
दोस्रो स्थानमा रहेका नेकपा एमालेका पशुपतिदयाल मिश्रले २१८१ र तेस्रो भएका राप्रपाका नन्दलाल बैश्यले २०४२ मत प्राप्त गरेका छन् । विष्ट र मिश्रबीच ३ हजार १ सय ४५ मतको अन्तर रहेको छ । यसैगरी उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा)का कमरुद्धिन राईले ४०२० मत ल्याएर अग्रता लिइरहेका छन् ।
यस्तै राप्रपाकी विन्दु चर्तीमगरले २५४२ र नेकपा एमालेकी शान्ति ढकालले १९६१ मत प्राप्त गरेकी छन् । मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत नगेन्द्र चौलागाईका अनुसार अहिलेसम्म वडा नम्बर १, २, ३, २१, २२ र २३ को मतगणना सम्पन्न भएको छ ।
ADVERTISEMENT