पुथाउत्तरङ्गाको प्रारम्भिक मत परिणाममा माओवादी केन्द्र अगाडि
zeenepal
२०८१ मंसिर १७,
12
Shares
रुकुमपूर्व । रुकुमपूर्व पुथाउत्तारङ्गा गाउँपालिकाको मतगणना जारी रहेको छ । वडा नम्बर १ र १४ को मतगणना सकिएको छ । जसमा १ नम्बर वडामा माओवादी केन्द्रले ३०८ मत प्राप्त गर्दा एमाले– काँग्रेस गठबन्धनले २३६ मत प्राप्त गरेका छन । ८ मत बदर भएको छ ।
पुथाउत्तरङ्गा-१४ मा माओवादी केन्द्र ३०० मत पाउँदा एमाले– काँग्रेस गठबन्धनले २४० प्राप्त गरेको सहायक निर्वाचन अधिकृत इश्वरीप्रसाद सुवेदीले जानकारी दिए । बदर मत २९ भएको छ । दुई वडाको मतगणना हुँदा गठबन्धन भन्दा माओवादी १३२ मतले अगाडि रहेको छ ।