काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य रमेश पौडेलले पार्टीको सबै तहमा युवा सहभागिता सुनिश्चित गरिनुपर्ने सुझाव राखेका छन् । च्यासलमा जारी केन्द्रीय कमिटी बैठकमा पौडेलले पार्टीको आकर्षण बढाउँदा युवा नेतृत्व स्थापित गरिनुपर्ने तर्क गरे ।
‘हामी ७० वर्षे उमेर हद हटाउने प्रस्ताव ल्याइरहेका छौं । तर पार्टी कमिटीहरुमा युवा सहभागिता बढाउनुपर्ने दबाव छ’, पौडेलले भनेका छन्, ‘त्यसैले सबै तहमा युवा नेतृत्व स्थापित गरिनुपर्छ ।पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पार्टी अध्यक्ष केपी शर्मा ओली बीच देखिएको समस्या बसेर हल गर्न पनि पौडेलले सुझाव दिएका छन् ।

