काठमाडौं, साउन –नेपाली उद्योग क्षेत्रको एक अग्रणी कम्पनी, पि म्याक्स कम्पनी ले आफ्नो स्थापना कालदेखि अहिलेसम्मको १७ वर्षको सफल यात्रालाई उत्साहपूर्वक मनाउँदै छ । सन् २००८ मा स्थापना भएको यो कम्पनीले आजसम्म विभिन्न क्षेत्रहरूमा नवप्रवर्तन र उत्कृष्टताको उदाहरण प्रस्तुत गर्दै आएको छ । कम्पनीले १७ औं वर्ष प्रवेश गरेको अवसरमा एक विशेष कार्यक्रमको आयोजना गर्दै सम्पूर्ण कर्मचारी, ग्राहक, साझेदार र शुभेच्छुकहरूलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।
सो अवसरमा कम्पनीका यसका सञ्चालक सीता खनालले भने, पि म्याक्स को आजको उचाइमा पुर्याउन योगदान दिने हाम्रा कर्मचारी, ग्राहक तथा समस्त सरोकारवालाहरूलाई धन्यवाद दिन चाहन्छौं । हामी भविष्यमा अझ नवीन सोच र सेवा मार्फत अगाडि बढ्ने प्रतिबद्धता दोहोर्याउँछौं । पछिल्ला वर्षहरूमा पि म्याक्स कम्पनीले सेवा तथा उत्पादन दुवै क्षेत्रमा महत्वपूर्ण विस्तार गर्दै आएको छ ।
यसका सञ्चालक सीता खनालले बताउनुभयो जसले घरेलु बजारमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा पनि आफ्नो पहिचान बनाएको छ । कम्पनीले नवप्रवर्तन, दिगो विकास र सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राख्दै व्यवसायिक क्षेत्रमै उदाहरणीय उपस्थिति जनाउँदै आएको छ। १७ वर्षको सफल यात्रा पार गर्दै, कम्पनीले आगामी वर्षहरूमा अझ धेरै चुनौतीहरूलाई स्वीकार गर्दै, उत्कृष्टता र समावेशिताका साथ अगाडि बढ्ने अठोट लिएको जनाएको छ। 
