रुकुम पश्चिम, चौरजहारी नगरपालिका–१। चौरजहारी नगरपालिका–१का व्यापारी राजु अन्सारीका १६ वर्षीय छोरा समीर अन्सारी राहुल २०८२ कात्तिक २८ गतेदेखि भेरी नदीबाट बेपत्ता भएका छन्। परिवारका अनुसार समीर सोही दिन घर नजिकैको भेरी नदी किनारमा रहेका क्रममा एक्कासि बेपत्ता भएका हुन्।
घटना भएको सूचना पाएसँगै स्थानीयवासी, प्रहरी र परिवारका सदस्यहरूले खोजतलास जारी राखेका छन्। तर घटना भएको धेरै दिन बितिसक्दा पनि अहिलेसम्म समीरको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन नसकेको परिवारले जनाएको छ। बेपत्ता बालकबारे कुनै जानकारी पाइने हो भने परिवारले तत्काल सम्पर्क गरिदिन अनुरोध गरेको छ। बुबा: राजु अन्सारी ९८४८१०४४५० अंकल: उसमान अन्सारी ९७६८२४८५६७ स्थायी ठेगाना: नेपालगञ्ज उप–महानगरपालिका–४
ADVERTISEMENT

