काठमाडौं असार नेपाल रेडक्रस सोसाइटीको तदर्थ समितिले निर्वाचन गर्ने वातावरण निर्माणका लागि सरकारसँग आग्रह गरेको छ । सुदर्शन नेपाल नेतृत्वको समितिले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आफूहरूलाई काम गर्ने वातावरण मिलाउन आग्रह गरेको हो । साथै नेपाल नेतृत्वको तदर्थ समितिका साथ ७३ जिल्लाका सभापतिले डा. नेत्रप्रसाद तिम्सिनालाई कारबाही गरेका छन् । नेपाल रेडक्रस सोसाइटी उदयपुरका अध्यक्ष विनोदकुमार बस्नेतले तिम्सिनालाई कारबाही गर्नुपर्ने बताए ।
ADVERTISEMENT