देउखुरी : जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी किसान महासंघको लुम्बिनी प्रदेश समिति विस्तार भएको छ । दाङको देउखुरीमा आयोजित अगुवा किसान भेलाबाट सन्तोष पाण्डेको अध्यक्षतामा २९ सदस्यीय समिति गठन गरिएको हो ।समितिको उपाध्यक्षमा माधव बर्मा, निरान्कार यादव, पुनिसरा मगर मुख्य सचिवमा जाबेद आलम सचिवहरू टेकराज केसी, कन्हैया राजभर र सचिवमा नीरा चौधरी चयन भएका छन ।
पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई पार्टीका राजनीतिक समिति सदस्य तथा किसान महासंघका अध्यक्ष सञ्जय सिंह, लुम्बिनी प्रदेश समितिका सह इन्चार्ज नवीन सुनुवार, लुम्बिनी प्रदेशकी सांसद अम्बिका काफ्ले लगायतले सम्बोधन गरेका थिए ।
ADVERTISEMENT

