नेपालगञ्ज : ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीलाई ‘पूर्णशान्ति पुरस्कार’ प्रदान गरिएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित विशेष समारोहमा गृहमन्त्री सुधन गुरुङले एसपी जिसीलाई नगद पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्दै सम्मान गरेका हुन् ।जिल्लाको शान्ति सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रण, अनुसन्धान तथा प्रहरी सेवालाई प्रभावकारी बनाउने जिम्मेवारीमा रहेका एसपी जिसीलाई प्रदान गरिएको यो सम्मान बाँके प्रहरीका लागि अर्को महत्वपूर्ण उपलब्धि बनेको छ ।
जिल्ला प्रहरी प्रमुखको जिम्मेवारीमा रहँदा सुरक्षा चुनौतीको व्यवस्थापन, प्रहरी जनशक्तिको परिचालन, अपराध नियन्त्रणका गतिविधि तथा नागरिकलाई प्रदान गरिने सेवाको प्रभावकारिता महत्वपूर्ण पक्षका रूपमा रहन्छन् ।
प्रहरी उपरिक्षक जिसीलाई प्रदान गरिएको पुरस्कारले प्रहरी सेवामा व्यावसायिक दक्षता, कर्तव्यनिष्ठा र जिम्मेवारीबोधको महत्वलाई थप स्थापित गरेको छ ।प्रहरी संगठनभित्र उत्कृष्ट कार्यसम्पादनको मूल्याङ्कन र त्यसको सम्मानले कर्मचारीको मनोबल बढाउन मात्र नभई संगठनमा सकारात्मक प्रतिस्पर्धाको वातावरण निर्माण गर्नसमेत सहयोग पुर्याउँने विश्वास गरिएको छ ।
ADVERTISEMENT

