नेपालगन्ज । बाँकेको जमुनाह नाका हुँदै भारत तर्फ लैजाँदै गरेको ठुलो परिमाण्को खुकुरी चुरोट बाँके प्रहरीले बरामद गरेको छ । प्रहरीले नेपालगन्ज उपमहानगरपालिका-१५ जमुनाहबाट १२८० प्याकेट खुकुरी चुरोट (करिब एक लाख ५८ हजार ७२० मूल्य बराबरको) बरामद गरेको हो ।अवैध रुपमा नेपालबाट भारततर्फ निकासी गर्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरी टोलीले चुरोट सहित ३ जना महिलालाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
ADVERTISEMENT

