नेपालगन्जको जमुनाहा नाकाबाट खुकुरी चुरोट सहित पक्राउ
zeenepal
२०८१ बैशाख ५,
6
Shares
नेपालगन्ज । बाँकेको जमुनाह नाका हुँदै भारत तर्फ लैजाँदै गरेको ठुलो परिमाण्को खुकुरी चुरोट बाँके प्रहरीले बरामद गरेको छ । प्रहरीले नेपालगन्ज उपमहानगरपालिका-१५ जमुनाहबाट १२८० प्याकेट खुकुरी चुरोट (करिब एक लाख ५८ हजार ७२० मूल्य बराबरको) बरामद गरेको हो ।अवैध रुपमा नेपालबाट भारततर्फ निकासी गर्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरी टोलीले चुरोट सहित ३ जना महिलालाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
चुरोटसहित ढुवानीमा संलग्न तीन जना महिला पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी नारायण डाँगीले बताए । पक्राउ परेका महिलाको नाम दिन भने उनले अस्वीकार गरे । पक्राउ परेका महिला भरिया मात्र भएकाले नामा सार्वजनिक नगरिएको उनले बताए ।प्रहरीका अनुसार बरामद भएको चुरोटसहित पक्राउ परेका तीनै जनालाई भन्सार कार्यालय पठाइएको छ ।