सुर्खेत । कर्णाली प्रदेश सरकार र मध्यपश्चिम विश्वविद्यालयबीच नीति निर्माण तथा अध्ययन अनुसन्धानको क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ ।विश्वविद्यालयमा स्थापना भएको नीति प्रयोगशाला मार्फत प्रदेश सरकारको नीति, अनुसन्धान, विश्लेषण, मूल्यांकन, बहस, पैरवी तथा सिफारिस प्रयोजनका लागि पारस्परिक हितको सिद्धान्तमा आधारित रहेर आपसी सहकार्य तथा सहयोग गर्ने सम्झौता भएको हो ।
मुख्यमन्त्री यामलाल कँडेल र विश्वविद्यालयका उपकुलपति प्रा.डा केशरसिंह रानाको उपस्थितिमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आइतबार आयोजित एक कार्यक्रमकाबीच दुई पक्षबीच सहकार्य तथा सहयोग गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।विश्वविद्यालयका तर्फबाट रजिष्ट्रार प्रा. डा. नारायणप्रसाद पौडेल र प्रदेश सरकारका प्रमुख सचिव चुडामणि पौडेलले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।