काठमाडौं । डा गोविन्द केसीले विभिन्न ७ बुँदे माग राख्दै पूरा नभए फेरि अनसन बस्ने चेतावनी दिएका छन् । उनले दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिने सर्वोच्चको आदेशमा पनि आपत्ति जनाएका छन् ।डा केसीले सर्वोच्चले फैसलामा पनि माफियाहरुको स्वार्थअनुरुप गरेको गम्भीर आरोप लगाएका छन् ।
डा केसीले आफूहरुले सशस्त्र द्वन्द्वकालीन मुद्दाका पीडितहरुलाई न्याय दिन निरन्तर घच्घच्याइरहेको तर, सरकारले कुनै कदम नचालेको पनि जिकिर गरेका छन् । उनले राज्य जवाफदेही हुनुको साटो मिडियाको मुख थुन्न लागिपरेको बताएका छन् ।