अभिमुखीकरण तालिमका लागि आईरिस प्रणाली जडान गर्ने समय सर्यो
zeenepal
२०८१ आश्विन १५,
3
Shares
काठमाडौँ । वैदेशिक रोजगारीमा जानुपूर्व अभिमुखीकरण तालिमका लागि आईरिस प्रणाली जडान गर्ने समय सरेको छ । वैदेशिक रोजगार विभागले मंगलबारदेखि लागू हुने भन्दै अभिमुखीकरण तालिम प्रदायक संस्थाहरूलाई पत्राचार गरेको थियो । तर, अन्तिममा आएर विभागले असोज २९ गतेदेखि अनिवार्य रूपमा लागू गर्ने निर्णय गरेको हो ।
असोज ११ गते सूचना जारी गर्दै विभागले असोज १५ गतेदेखि अनिवार्य रूपमा फेसटाइम एटेन्डेन्स एण्ड आर्यरिस रिकग्निजेशन सिस्टम लागू हुने भनेको थियो ।तर, अभिमुखीकरण तालिम प्रदायक संस्थाहरूले उक्त सिस्टम जडान गर्नमा प्राविधिक समस्या आएको भनी गुनासो गरेपछि मिति सारिएको विभागले जनाएको छ ।अब असोज १६ देखि २३ गतेसम्म बायोमेट्रिक फिङ्ग्रप्रिन्ट सिस्टमले काम गर्ने विभागले जनाएको छ । असोज २९ गतेदेखि आईरिस सिस्टम अनिवार्य रूपमा लागू हुने विभागले दाबी गरेको हो ।यसअघि पटकपटक आईरिस जडान गर्ने प्रक्रिया स्थगित हुँदै आएको थियो ।