काठमाडौँ । ८ बुँदे प्रस्ताव पारित गर्दै राप्रपा नेपालको केन्द्रीय समिति बैठक सकिएको छ । बिहीबारदेखि सुरु भएको बैठकले विभिन्न ८ बुँदे प्रस्ताव पारित गर्दै शुक्रबार सकिएको हो । बैठकले अध्यक्ष कमल थापाद्वारा प्रस्तुत ‘समसामयिक परिस्थिति र राप्रपा नेपालको कार्यदिशा र कार्यक्रम’ पारित गरेको छ ।
यस्तै बैठकले महामन्त्री राजाराम बर्तौलाले पेस गरेको ‘संगठन र सचिवालयको प्रतिवेदन, कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले पेस गरेको आर्थिक प्रतिवेदन, उपाध्यक्ष डा। विष्णु भण्डारीले पेस गरेको ‘कृषि विकास र भूमि व्यवस्थापन सम्बन्धी वैकल्पिक मोडेल’ तथा सुशासन विभाग प्रमुख राजन चौँलागाईले पेस गरेको ‘भ्रष्टाचार नियन्त्रण नागरिक आयोग’को अवधारणा पत्र परिमार्जनसहित पारित गरेको छ ।

