काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पटक–पटक मन्त्री भएका व्यक्तिलाई आगामी मन्त्रिपरिषद्मा पठाउन नहुने बताएका छन् ।सरकारमा गएको व्यक्ति परिणाम दिनसक्ने हुनुपर्ने उल्लेख गर्दै सुनसरीमा बिहीबार भएको कार्यक्रममा उनले भने, ‘पटक–पटक मन्त्री भएको व्यक्तिलाई यो पटक विश्राम दिने हो । घरमा राख्ने हो ।’
यसअघि कांग्रेस सरकारको बेलामा ९ जनामा दलित समुदायबाट एकजना पनि नभएको बताए । ‘न दलित पठायौं, न थारू पठायौं । न मधेशी पठायौं,’ थापाले भने, ‘कहिले पठायौंभन्दा २०१५ सालमा पठाएको हो नि त, बिर्सौं? भन्नुपरेको छ ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउने गरी कांग्रेसले सहमति गरेको छ । कांग्रेसबाट १० मन्त्री हुने सहमति दुई दलबीच बनेको छ ।