काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समिति गठनप्रति असन्तुष्टि जनाउँदै सप्तरीका नेताहरूले पार्टी अध्यक्ष उपेन्द्र यादवसमक्ष ज्ञापनपत्र बुझाएका छन् । सप्तरी क्षेत्र नम्बर १ का २३ जना नेताले केन्द्रीय समितिको गठनप्रति ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्रमा भनिएको छ, ‘विगतका २ वटा निर्वाचनमा गठबन्धन हुँदा वा नहुँदा पनि यस पालिका र क्षेत्रका नेता, कार्यकर्ताको अथक प्रयासबाट सफलता प्राप्त भएको कुरा जगजाहेर नै छ । पार्टीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यले पार्टी परित्याग गरेको भएता पनि यस पालिकाबाट एक जनाले पनि उनलाई साथ दिएका छैनन् ।मोतिलाल चौधरी थारु क्लस्टर र राजकुमार यादवले खुल्ला केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका थिए । आफूभन्दा कनिस्टको नाम केन्द्रीय सदस्यमा परेको भन्दै उनीहरुले गुनासो गरेका छन् ।



