काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ सभापति दुजाङ शेर्पमाथि छानबिन गरी आवश्यक कारबाही गर्न माग गर्दै पार्टी केन्द्रीय अनुशासन समितिमा उजुरी परेको छ । नेविसंघ इतर समूहका नेता प्रेमिका रानाको नेतृत्वमा शेर्पाविरुद्ध उजुरी परेको हो ।
यस्तै जाजरकोटमा आएको भूकम्पबाट क्षतिग्रस्त नलगाड नगरपालिकामा विद्यालय पुनः निर्माणको हिसाब सार्वजनिक नगरेको तथा पैसा उठाएर हिनामिना गरेको आरोप लगाइएको छ । वैदेशिक भ्रमणका नाममा नेविसंघ केन्द्रीय सदस्यहरूबाट मोटो रकम असुली गरी गलत जानकारी दिएर ठगी गरेको आरोप लगाउँदै छानबिन गर्न माग समेत गरिएको छ । उनीहरुले केन्द्रीय सदस्य धर्माज शाहि, जगतजंग विष्ट, राजकुमारभट्टराईलगायतलाई झुटा जानकारी दिएर रकम लिएर ठगी गरेको आरोप लगाएका छन् ।नेविसंघ शेखर समूहका केन्द्रीय सदस्यहरूले केन्द्रीय अनुशासन समितिका संयोजक आनन्द ढुङ्गानालाई आइतबार भेटेर केन्द्रीय कार्यालय निवेदन दर्ता गराएको केन्द्रीय सदस्य भुवन भट्टले जानकारी दिए ।यसअघि आफूमाथि छानबिन गर्न माग गर्दै नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले पनि समितिमा उजुरी दिएका थिए ।
ADVERTISEMENT

