काठमाडौं । नेकपा एमाले सांसद गोकुलप्रसाद बास्कोटाले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययन उपसमितिको प्रतिवेदन अपूरो भएको बताएका छन् ।बुधबारको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले प्रतिवेदनमा आफ्नो फरक मत नभइ पूरक मत भएको बताए ।मेरो फरक मत होइन । एक प्रकारले भन्दा पूरक मत हो । पूरक मत के हो भने, यो प्रतिवेदनको विषयमा मेहनत भएको छ,’ सांसद बास्कोटाले भने, ‘तर त्यसको केही चिजहरूमा मेरो अलिकति पुगेन भन्ने छ ।
हामीले जति तथ्यांक पत्ता लगाउन सक्थ्यौँ,त्यो तथ्यांकहरु त्यसरी गएन ।विमानस्थलको सम्झौता, ह्याण्ड्ओभर चाभी हस्तान्तरणबारे पनि अध्ययन जरुरी रहेको बताउँदै उनले छानबिन हुनुपर्ने बताए ।यो विषयमा छानबिन हुनुपर्छ । तर छानविन के पत्ता लगाउने भनेर गर्ने भन्दा पनि के रहेछ भनेर गर्नुपर्छ । यसमा आएका कुराहरु संयोजकज्यूले प्रतिवेदन बुझाएकै दिन मिडियाका साथीहरुले सोध्नुभएको थियो । यसमा सबै छ तर केही पनि छैन । त्यो पनि भनेको हो । अझै राम्रोसँग जानुपर्ने जरुरी छ ।