काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आजको आन्दोलन कास्टिङ मात्र भएको बताएका छन् ।राजावादीहरूले आजबाट आन्दोलन थालेका छन् । र, पहिलो दिनको प्रदर्शनलाई लिङदेनले कास्टिङ मात्र भएको बताएका हुन् ।
आन्दोलनको यो कास्टिङ मात्र हो, गणतन्त्र नढलेसम्म आन्दोलन जारी रहन्छ,’ उनले भनेका छन् । राजसंस्था पुनर्स्थापना लगायतका माग राख्दै राजावादीले आज काठमाडौंमा आन्दोलन गरिरहेका छन् । आन्दोलनका लागि उपत्यकाका विभिन्न ७ ठाउँबाट जुलुस भृकुटीमण्डप पुगेको थियो ।
ADVERTISEMENT

