काठमाडौं । सर्वोच्च अदालतमा नियुक्त तीन जना न्यायाधीशले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापाले आज पद तथा गोपानीयताको शपथ ग्रहण गरेका हुन् उनीहरुलाई प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले शपथ खुवाएका हुन् ।सर्वोच्च अदालतका न्यायाधीशहरुलाई न्याय परिषद्को सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार नियुक्त गरेका थिए ।शपथपछि उनीहरुको आजै इजलास समेत तोकिएको छ ।
ADVERTISEMENT

