राजेन्द्र महतोको पार्टीको नाम राष्ट्रिय मुक्ति पार्टी नेपाल
zeenepal
२०८१ कार्तिक ९,
117
Shares
काठमाडौं । राजेन्द्र महतो नेतृत्वको पार्टीको नयाँ नाम राष्ट्रिय मुक्ति पार्टी नेपाल र चुनाव चिन्ह माछा प्रस्ताव गरिएको नेता केशव झाले जानकारी दिए । लोकतान्त्रिक समाजवादी पार्टी लोसपा छाडेर राष्ट्रिय मुक्ति क्रान्ति अभियान चलाएका महतोले १ असोजमा त्यही नाममा दल दर्ता गर्ने निर्णय गरेका थिए । त्यसअनुसार आयोगमा निवेदन समेत दिएका थिए । तर आयोगले क्रान्ति शब्द राख्न अस्वीकार गरेपछि राष्ट्रिय मुक्ति पार्टी नेपाल नाम राखिएको उनले बताए ।