काठमाडौँ । नेपालगन्जको चर्चित सामाज्जिक संजाल ग्रुप नेपालगन्ज ग्यालरी १६ बर्ष पुरा गरेको अवसरमा वृक्षारोपण गरिएको छ ।नेपालगन्ज ग्यालरीले स्थापनको १६ वर्ष पूरा गरेको अवसर पारेर नेपालगन्ज सुर्खेतरोडमा वृक्षारोपण गरिएको हो ।
शुक्रवार स्थापनाको १६ बर्ष पुरा गरेको दिनमा क्लिन नेपालगन्ज ग्रीन नेपालगन्जको सहकार्यमा १६ वटा बिरुवाहरु रोपिएको ग्यालरीका एडमिन तथा संचारकर्मी समिरमान श्रेष्ठले जानकारी दिएका छन् शुक्रवार बिहान नेपालगन्जको सुर्खेत रोडमा आयोजन गरिएको वृक्षारोपण कार्यक्रममा नेपालगन्जका समाजसेवी, ब्यापारी, राजनितिज्ञ, पत्रकार तथा नेपालगन्ज ग्यालरीका सदस्यहरुको उपस्थिति रहेको थियो ।
ADVERTISEMENT

