काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले न्यायलयको पुनर्संरचनाको आवश्यकता रहेको बताएका छन् । नेपाली कांग्रेसको पेशागत तथा बुद्धिजीवी विभागले सोमबार काठमाडौंमा राखेको कार्यक्रममा महामन्त्री थापाले न्यायपालिकालाई सफा बनाउन राष्ट्रिय बहस आवश्यक रहेको बताए ।न्यायपालिकाप्रति धेरै प्रश्नहरू उठेको र नागरिकहरूको विश्वास र भरोसाका निम्ति नयाँ ढंगले सोच्नुपर्ने बेला आएको बताए । पुनर्संरचना गर्नका निम्ति आवश्यकता पर्दै गर्दा न्यायाधीशको पुनर्नियुक्ति गर्ने गरी जानुपर्ने उनले बताए ।
ADVERTISEMENT

