काभ्रेपलाञ्चोक । काभ्रेको मण्डनदेउपुर नगरपालिका कुन्ताबाट अनलाइन सट्टेबाजीमा संलग्न पाँच जना पक्राउ परेका छन् । उनीहरुबाट १८ थान मोबाइल र पाँच थान ल्यापटप बरामद भएको छ । मण्डनदेउपुर नगरपालिका-७ कुन्तामा रहेको नालदूम भिलेज रिसोर्ट र ग्रीन पिस रेस्टुरेंटबाट अनलाइन सट्टेबाजी (जुवा) खेलिरहेको अवस्थामा भक्तपुर नगरपालिका-८ इमाटोल बस्ने ३२ वर्षीय दिगज नकर्मी र भक्तपुर नगरपालिका-४ कमल बिनायक बस्ने २८ वर्षको संजीव कुशी र २४ वर्षीय रोशन प्रजापति, सूर्यविनायक नगरपालिका-७ कटुन्जेका २९ वर्षीय एलिस कुश्म र काठमाडौं महानगरपालिका-१६ शान्तीनगरका ३१ वर्षीय रोजन महर्जनलाई प्रहरीले पक्राउ गरेहो ।
ADVERTISEMENT

