काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिमा पुनरागमनले महिलामा उत्साह प्रदान गरेको बताएकी छन् । पूर्वउपप्रधानमन्त्रीसमेत रहेकी कोइरालाले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत भण्डारी एक सक्षम, इमानदार र उच्च राजनीतिक संस्कारयुक्त व्यक्तित्व भएको बताएकी छन् ।
‘पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीजी को सक्रिय राजनीतिमा पुनरागमनले सम्पूर्ण नेपाली महिला नेतृत्व वर्गमा उत्साह प्रदान गरेको छ । उहाँ एक सक्षम, इमानदार र उच्च राजनीतिक संस्कार भएको व्यक्तित्व हुनुहुन्छ,’ कोइरालाले फेसबुकमा लेखेकी छन् । कोइरालाले भण्डारीलाई आगामी राजनीतिक यात्राको लागि शुभकामनासमेत दिएकी छन् ।
ADVERTISEMENT

