
सचिव डा.पुष्करले आन्तरिक रोजगार प्रवर्द्धनको दश बर्से अभियानमा संलग्न हुन सबैलाई आह्वान गरेका थिए । ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जनले अहिले देशैभरी स्थानीय तहहरूले सीपमूलक तालिम दिने होडबाजी चलाएको भएपनि तालिम प्राप्त गर्ने व्यक्तिहरूलाई श्रम बजारमा प्रवेश गराउन सहुलियतपूर्ण कर्जा लगायतका प्रवर्द्धनकारी कामहरू समेत अघि बढाउनुपर्ने बताए । गोष्ठीमा विज्ञहरूद्वारा आन्तरिक रोजगारी सृजना गर्नका लागि दक्ष जनशक्ति उत्पादन गर्न,बजार र मागमा आधारित सीपमूलक तालिमहरूको पाठ्यक्रम, समयावधि लगायतका विषयमा तीन वटा कार्यपत्रहरू प्रस्तुत भएको थियो ।