काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बीपी कोइरालालाई बुझ्न नसकेका कारण नेपालको राजसंस्था अहिले नागार्जुनको जङ्गलमा थन्किएको टिप्पणी गरेका छन् । ४३ औँ बीपी कोइराला स्मृति दिवसको अवसरमा मंगलवार बीपी स्मृति अस्पताल, वसुन्धरामा आयोजित ‘देश विकास र देशवासीको उन्नतिको आधारः विपी विचार’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै महामन्त्री शर्माले सो कुरा बताएका हुन् ।
उनले ‘राजा र मेरो गर्धन जोडिएको छ’ भन्ने बीपीको विचारलाई राजसंस्थाले अपव्याख्या गरेको बताए । त्यसको परिणाम नेपालमा राजसंस्थाको समेत अन्त्य भएको उनको दाबी थियो । उनले बीपी कोइरालालाई बुझ्ने सवालमा नेपालमा धेरै ने कमजोरी भएको उल्लेख गरेनेपाली कांग्रेसले पनि बीपीलाई उचित ढङ्गले बुझ्न नसकेको र नेपालका कम्युनिस्ट पार्टी र राजसंस्थाबाट पनि बीपीलाई बुझ्ने सवालमा कमजोरी रहेको उनको भनाइ छ ।
ADVERTISEMENT

