काठमाडौँ । नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीम ढुङ्गानाले सङ्घीय सरकारले स्थानीय सरकारलाई एनजीओ आईएनजीओजस्तो व्यवहार गरेको बताएका छन् । भूमि ऐनको संशोधन विधेयकमाथि छलफलमा सहभागी हुँदै उनले संविधानले स्थानीय तहले सरकारको मान्यता दिए पनि सङ्घीय सरकारले दिने र आफूहरू लिने निकायजस्तो भएको बताए । उनले संविधानमा स्थानीय तहलाई २२ वटा एकल अधिकार सूचीमा रहेका विषय दिए अरू केही नचाहिने बताए । तर, अहिले संविधानले दिएको अधिकार ऐनले खोसिएको गुनासो गरे ।
ADVERTISEMENT

